• १०:१७ २०८० चैत्र १६ गते
  • 10:17 am

कतार फिफा विश्वकप आउन अब १०० दिन बाँकी

प्रकाशित मिति

२०७९ श्रावण २८ गते, शनिबार ०९:२१

1660333761895

२८ साउन २०७९, दोहा : कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब सय दिन मात्रै बाँकी छ । फिफा विश्वकपका उत्कृष्ट अन्तर्राष्ट्रिय टोलीहरूलाई स्वागत गर्ने क्रममा कतारमा आठ अत्याधुनिक स्टेडियमहरू बनेका छन्। आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म ६४ खेलहरू हुनेछ । कतार सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हासन अल थावादीले कतारको राष्ट्रिय दिवसमा लुसेल स्टेडियममा फाइनल खेल हुने बताए ।


यसअघि २१ नोभेम्बरदेखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच एक दिन अघि नै खेल हुने भएको छ। एसियाबाट अहिलेसम्मकै कीर्तिमानी ६ राष्ट्रले खेल्दैछन् । कतार आयोजकको रुपमा सिधै छनोट हुँदा जापान, इरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया छनोट चरण पार गर्दै छानिएका हुन् ।


युरोपबाट सर्वाधिक १३ राष्ट्रले विश्वकप खेल्नेछन् । जसमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसियासहित डेनमार्क, इंग्ल्याण्ड, जर्मनी, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन, स्वीट्जरल्याण्ड र वेल्स छन् । अफ्रिकाबाट क्यामरुन, घाना, मोरोक्को, सेनेगल र ट्युनिसिया छनोट भएका छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे तथा उत्तर तथा मध्य अमेरिकाबाट क्यानडा, मेक्सिको, अमेरिका र कोष्टारिका छानिएका छन् । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रतिकृया