• 11:28 pm

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

प्रकाशित मिति

२०७९ श्रावण २७ गते, शुक्रबार ०१:४३

२७ साउन २०७९,काठमाडौं: अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन् ।


अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए । ‘म यसअघि कुनै पनि पार्टीमा आबद्ध थिइनँ । पहिलो पटक कांग्रेससँग आबद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो। अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’


साथै उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए। ‘धेरै अग्रज र सम्मानित कलाकारहरु कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने । उनले आफू युवा भएकाले तरुण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए।

प्रतिकृया