• 11:35 pm

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरु

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०७:४४

२६ साउन २०७९, काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ । दुई पटक स्थगित भएको कार्यसमिति बैठक एन्फा कम्प्लेक्समा बिहीबार साँझ सकिएको हो । बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको र निर्णय भएको एन्फाले जनाएको छ । राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल खेल्ने । नेपाल सुपर लिग (एनएसएल) आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।


त्यस्तै बैठकले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ । यस्तै एन्फाले प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडेलाई बर्खास्त गरेको छ । बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ ।

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरु :

प्रतिकृया