• ०५:०८ २०८० फाल्गुन १२ गते
  • 5:08 am

आज सुनको मूल्य प्रतितोला ५ सय घट्यो

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०१:२०

gold 1 e1654839302113

२६ साउन २०७९, काठमाडौं: सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९६ हजार ६ सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार १ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय थियो ।


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ ले घटेर १ हजार २ सय २५ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्ने गरेको छ।

प्रतिकृया