• 8:58 pm

बैंकिङ कसुर मुद्दाका फरार भक्तपुरका थापा पक्राउ

प्रकाशित मिति

२०७९ श्रावण २५ गते, बुधबार ०६:४१

२५ साउन २०७९, भक्तपुर : बैंकिङ कसुर मुद्दाका फरार शिवराज थापा पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ३ झौखेल बस्ने थापा बिरुद्ध बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा सम्मानित उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट गरी रु। ५८ लाख ९६ हजार ५०० जरिवाना र १ महिना १५ दिन कैद फैसला सुनुवाइ भएको िथयो ।


फरार रहेको थापा साउन २४ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उक्त फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा तोकिएको कैद र जरिवाना भुक्तानको लागि अदालतबाट कैदी पुर्जी जारी गरी श्री कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँमा पठाईएको छ ।

प्रतिकृया