• १७:५० २०८० चैत्र १६ गते
  • 5:50 pm

नवल खड्काको चलचित्र ‘काँडेतार’ लाई शीर्ष नेताहरुले दिए सफलताको शुभकामना

प्रकाशित मिति

२०७९ श्रावण २५ गते, बुधबार ०५:४९

Ramhari 1

२५ साउन २०७९, काठमाडौं: विभिन्न दलका नेताहरुले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना गरेका छन् । देशभक्तको भावनाले ओतपोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपुर्व निर्माण पक्षले आज (बुधबार) ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको सम्मुनत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रमको आयोजना गरेको थियो ।


रिपार्टर्स क्लब नेपालमा आयोजित विशेष कार्यक्रममा बोल्ने वक्ताहरु एमाले नेता डा। भीमबहादुर रावल, माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले उक्त चलचित्रको सफलताको कामना गरेका हुन् ।


नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा। भीमबहादुर रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् । रावलले सुरुवातमै ‘शरिर देशको सिमाले बन्छ, जनता आत्मा हुन्, स्वाधिनताभित्र अस्तित्व रहन्छ, देशभक्ति उच्च झन’ बोलको कविता वाचन गरेका थिए ।

प्रतिकृया