झापामा १४ वर्षीया किशोरी बलात्कृत
प्रकाशित मिति
२०७९ श्रावण २५ गते, बुधबार ०१:०६
२५ साउन २०७९, काठमाडौं: झापामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश विक पक्राउ गरेको छ। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कार गरेपछि दिपेशले ती किशोरीलाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Related
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया