• 2:49 pm

लक्ष्मी क्यापिटलको खुल्लामुखी फण्डमा आवेदन दिने म्याद थपियो

प्रकाशित मिति

२०७९ श्रावण २४ गते, मंगलवार ११:०१

२४ साउन २०७९, काठमाडौं: लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ‘शुभ लक्ष्मी कोष’ नामक म्युचुअल फण्ड भर्ने म्याद थपिएको छ। यो खुल्लामुखी योजना हो।छोटो अवधिमा बिक्री नभएपछि उक्त फण्डमा आवेदन दिने म्याद भदौ २ गतेसम्मका लागि लम्ब्याएको छ। क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गरेको हो।


जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछन्। त्यसपछी बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री गरिनेछ ।


लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ।लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिकृया