• 4:07 pm

बाजुराको बूढीगङ्गामा मतगणना सुरु

प्रकाशित मिति

२०७९ असार २४ गते, शुक्रबार १२:०६

२४ असार २०७९, काठमाडौंः बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ ।बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले उज्यालोलाई जानकारी दिनुभयो ।


बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।


बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनस् चुनाव गरेको हो । बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।

प्रतिकृया