• 2:08 am

हैजा संक्रमित हुनेको संख्या २३ पुग्यो

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०७:२५

२३ असार २०७९, काठमाडौँ : काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई जनामा हैजामा पुष्टि भएको हो । दुवै जना हैजाका बिरामीको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


कागेश्वरी मनहरा नगरपालिकाका ६ वर्षीय बालक र ५८ वर्षीय काठमाडौं–१३ का पुरुषमा हैजा पुष्टि भएको हो । यससँगै हैजा पुष्टि हुनेको संख्या २३ जनामा पुगेको छ । कागेश्वरी मनहराका बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ५८ वर्षीय पुरुषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया