‘बाबरी’ को ‘चुलबुल चुलबुलु’ मा रोमान्टिक अवतारमा अदीति र धिरज
प्रकाशित मिति
२०७९ असार २३ गते, बिहीबार ०६:२०

२३ असार २०७९, काठमाडौँ : ३१ भदौबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ को ‘चुलबुल चुलबुलु’ गीत सार्वजनिक भएको छ । गीतमा अभिनेत्री अदीति बुढाथोकी र धिरज मगरको रोमानिटक अवतार देख्न सकिन्छ । सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रहेको गीतमा संगीतकार चापागाईँ र सुनिता थेगिमकले स्वर दिएका छन् ।
गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा अदीति र धिरजको अलवा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको समेत अभिनय छ ।
बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका फिल्मको छायांकन भएको छ ।
प्रतिकृया