• 3:50 pm

शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकम सहितको मृत्यु बीमा बापतको रकमहरु हस्तान्तरण

प्रकाशित मिति

२०७९ असार २१ गते, मंगलवार ०३:२५

२१ असार २०७९, काठमाडौंः देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु विमा सहित दुर्घटना जोखिम विमा बापतको रकमहरु हस्तान्तरण गरेको छ । यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम्सिमेन्ट लि. लेदेशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढि निर्माण कर्मीहरुको रु. ५ लाख बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम संचालन गरेको थियो।


सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसंग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेका हन्। दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम्सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

प्रतिकृया