• 3:25 pm

३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने

प्रकाशित मिति

२०७९ असार २१ गते, मंगलवार ०३:००

२१ असार २०७९, काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइन् । ‘नियमित बैठक हो, त्यस्तो खास प्रस्तावहरू आएको छैन,’ उनले भनिन् ।बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन चौतर्फी दबाब परिरहेका बेला प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक राखेका हुन्।त्यसपछि गठबन्धनका शीर्ष नेताहरु भेट हुने कार्यक्रम छ ।

प्रतिकृया