भारतको व्यापार घाटा बढ्दो
प्रकाशित मिति
२०७९ असार २१ गते, मंगलवार ०९:४०

२१ असार २०७९, एजेन्सी : भारतको व्यापार घाटा लगातार बढिरहेको छ । यसको अर्थ विदेशी मुद्रा सञ्चिति घट्दो छ जुन अर्थतन्त्रका लागि राम्रो होइन । अङ्ग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ ।
जुनमा भारतको व्यापारिक व्यापार घाटा बढेर २५.६३ अर्ब डलर पुगेको छ । यो महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको थियो भने निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । त्यस्तै भारतको कोइला आयात तीन गुणाले बढेको छ ।
सुनको आयातमा पनि १६९ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड डलर नाघेको छ । पेट्रोलियम आयात पनि ९४.२ प्रतिशतले बढेको छ । गैरपेट्रोलियम आयातको अंश ४२.८४ अर्ब डलर रहेकोमा ३६.४ प्रतिशतले बढेको छ । अर्कोतर्फ चाँदीलगायत महँगो धातुको आयात पनि ३१.७ प्रतिशतले बढेको छ ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया