• 2:44 pm

सानिमा लाइफको साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७९ असार २० गते, सोमबार १२:३१

२० असार २०७९, काठमाडौंः सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँथो वार्षिक साधारण सभा आज (असार २० गते, सोमबार) सम्पन्न भएको छ । उक्त सभा स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएको हो ।


कम्पनीका अध्यक्ष कुमार कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभामा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४/२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०/२२ प्रतिशत नगद गरी कुल ४/४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।


त्यस्तै, सभाले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गरेको छ । जसअन्तर्गत युवा लगानीकर्ता शिवहरी घिमिरे र अर्का सञ्चालकमा केशव राज केसी निर्वाचित भएका छन् ।


यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएको छ ।

प्रतिकृया