बागमती गाउँपालिकाको आगामी आ.ब को बजेट ६२ करोड ५५ लाख

प्रकाशित मिति

२०७९ असार ११ गते, शनिबार ०४:२२

bagmati p e1656153381396

 असार २०७९ काठमाडौंः  ललितपुरको बागमती गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ६२ करोड ५५ लाख ६९ हजारको बजेट गाउँसभामा पेश गरेको छ । शुक्रबार शुरु भएको गाउँसभामा आगामी आर्थिक वर्ष २०७९÷ ८० लागि उक्त बजेट सभामा पेश गरिएको हो ।



गाउँपालिकाका आर्थिक विकासका लागि दुई करोड दश लाख, सामाजिक विकासमा दुई करोड २६ लाख, भौतिक पूर्वाधारमा एक करोड ४३ लाख, वन, वातावारण, भू–संरक्षण तथा विपत व्यवस्थापन ३२ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासनका लागि १७ लाख रुपियाँ विनियोजन गरेको छ । त्यस्तै वडास्तरीय योजनाका लागि तीन करोड १५ लाख, कार्यालय सञ्चालन, सवारी साधन, फर्निचर आठ करोड ५० लाख रुपियाँ विनियोजना गरेको छ ।



प्रदेश शसर्त कार्यक्रमका लागि दुई करोड ७४ लाख ७९ हजार, संघीय सरकारको विशेष योजना कार्यक्रम एक करोड २० लाख, प्रदेश सरकारको विशेष योजना कार्यक्रम दुई करोड २५ लाख, संघीय सरकारको समपुरक योजना कार्यक्रममा तीन करोड २० लाख, प्रदेशको समपुरक कार्यक्रमका लागि तीन करोड रुपियाँ विनियोजन गरिएको छ । फिर्ता ४० प्रतिशत एक करोड ५० लाख (दहत्तर बहत्तर) समपुरक योजनाका लागि चार करोड २० लाख, सामाजिक सुरक्षा भत्ता चार करोड, दीगो विकास लक्ष्य लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय प्रबद्र्धन कार्यक्रम र स्थानीय सरकार सञ्चालन ऐन अनुसार सञ्चालन हुने अत्यावश्यक कार्यक्रमका लागि पाँच लाख रुपियाँ विनियोजना गरिएको छ ।



कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँसभा पारित गरेका नीति, योजना र बजेट कार्यान्वयन गरी समग्र रुपमा गाउँपालिकाको विकास गर्ने बताउनुभयो ।

प्रतिकृया