गोदावरी नगपालिकाको आगामी वर्षको बजेट : दुई अर्ब ३७ करोड

प्रकाशित मिति

२०७९ असार ११ गते, शनिबार ०४:०१

gadawari photo e1656152185647

 असार २०७९ काठमाडौंः ललितपुरको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब ३७ करोड रुपियाँको बजेट नगरसभामा पेश गरेको छ । शुक्रबार शुरु भएको एघारौं नगरसभामा नगरपालिकाका उपपमुख मूना अधिकारीले आगामी वर्षका लागि उक्त बजेट सभामा पेश गर्नुभएको हो ।



बजेटमा प्रशासनिक खर्च ३० कारेड, नगर स्त्तरीय योजना एक अर्ब ३४ करोड, वडा स्तयरीय योजना साविक सहितको २४ करोड, शसर्त कार्यक्रममा ४८ करोड ९४ लाख ७५ हजार रुपियाँको बजेट सार्वजनिक गरिएको हो ।



आगामी वर्षका लागि आम्दानी तर्फ आन्तरिक राजश्वबाट २२ करोड, संघीय सरकारको समानीकरण अनुदान २२ करोड ५५ लाख, संघीय सरकारको राजश्व बाँडफाँटबाट प्राप्त १३ करोड ३७ लाख ७२ हजार, समपुरक अनुदान एक करोड, विशेष अनुदान ३ करोड ६५ लाख र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान दुई करोड २५ लाख ३१ हजार, राजश्वर बाँडफाँटतर्फ चार करोड ९३ लाख ३१ हजार, मालपोत राजश्वबाँडफाटबाट प्राप्त ६७ करोड, प्रदेश सरकार समपुरक अनुनद दुई करोड ९९लाख ५७ हजार आम्दानी हुने अनुमान गरिएको छ ।


त्यस्तै संघीय र प्रदेश सरकारको शसर्त चालु र पुँजीगत अनुदान रकम ४१ करोड ३० लाख १८ हजार र अन्य स्थानीय तहबाट एक करोड ४२ लाख लागयत सहभागिता दुई करोड ५० लाख र गत वर्षको अल्या ५२ करोड एक लाख ९१ हजार आम्दानी हुने अनुमान गरिएको नगरपालिकाको आगामी वर्षको बजेटमा उल्लेख गरिएको छ ।

प्रतिकृया