• 8:03 pm

फिलिपिन्समा रोड्रिगो दुतेर्तेकी छोरी बनिन् उपराष्ट्रपति

प्रकाशित मिति

२०७९ असार ६ गते, सोमबार ०६:३९

६ असार २०७९, काठमाडौँ : फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेकी जेठी छोरी सारा दुतेर्तेले उपराष्ट्रपतिको सपथ लिएकी छन् । साराले डाभाओमा आयोजित एक समारोहमा फिलिपिन्सलाई एकतावद्ध गर्ने वाचा गरिन । यसअघि ४४ वर्षीया सारा सोही सहरको मेयर बनेकी थिइन् ।


निवर्तमान राष्ट्रपति रोड्रिगा पनि सोही सहरको मेयर बनेका थिए । केही साताअघि भएको निर्वाचनमा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपति र सारा दुतेर्ते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिकृया