• 11:20 am

काठमाडौंमा कल सेन्टरबाट अमेरिकामा ठगी, ११ जना पक्राउ

प्रकाशित मिति

२०७९ असार ५ गते, आईतवार ०७:४५

५ असार २०७९, काठमाडौँ : नेपालमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको सामाखुशीमा अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक र ११ जना नेपाली नागरिक गरी १३ जना पक्राउ परेका हुन् ।


उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन् ।


उनीहरुलाई साइबर ब्यूरोले पत्रकार सम्मेलन गरेर आइतबार सार्वजनिक गरेको छ । उनीहरुबाट ९० वटा कारोबार भएको देखिएको र ती सबै ठगी हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए ।

प्रतिकृया