• 9:13 pm

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

प्रकाशित मिति

२०७९ जेष्ठ ३१ गते, मंगलवार ०४:५८

३१ जेठ २०७९ काठमाडौंः २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका.६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका.२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका.६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका.४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका.४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।


काठमाडौं महानगरपालिका.६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार ३ जना पुरुषले जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्ध स्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरु उपर जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिकृया