• १०:५६ २०८१ बैशाख ६ गते
  • 10:56 am

स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०७९ जेष्ठ ३१ गते, मंगलवार १०:५७

Tulsipur Police e1655183530834

३१ जेठ २०७९, काठमाडौँ : महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगर – ५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।


बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं,’ प्रहरी निरीक्षक स्वारले भने, ‘घटनाबारे बुझिरहेका छौं ।’

प्रतिकृया