नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का
प्रकाशित मिति
२०७९ जेष्ठ ३० गते, सोमबार ०१:११

३० जेठ २०७९ काठमाडौंः नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ। दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने-गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार सोमबारदेखि रोक्का गरेको हो। नेपाल इन्भेस्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भंग भएपछि सम्झौता कारण एक वर्षपछि सेयर कारोबार खुला भएको थियो। दुई बैंकले ३० जेठको पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन्।
बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति-एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) वमोजिम मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार ३० जेठबाट रोक्का राखिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिए।
प्रतिकृया