तोलामा ३ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७९ जेष्ठ ३० गते, सोमबार ११:२२

gold 1 e1654839302113

३० जेठ २०७९ काठमाडौंः आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ। आइतबारको तुलनामा सोमबार तोलामा ३ सय रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँकिनबेच भएको सुन सोमबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ।

प्रतिकृया