• 8:16 pm

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगे बालुवाटार

प्रकाशित मिति

२०७९ जेष्ठ ३० गते, सोमबार १०:४०

३० जेठ २०७९ काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता र कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ।


साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक अघि बढाउने संकेत गरेका थिए। जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताएका थिए।यसैबीच लोसपालाई सरकारमा ल्याउन प्रधानमन्त्री देउवाले गृहकार्यसमेत गरेका थिए। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्। लोसपालाई आगामी संघीयरप्रदेश चुनावमा सत्ता गठबन्धनसँग तालमेल गर्ने गरी छलफल गरिएको स्रोतको दाबी छ।

प्रतिकृया