सगरमाथामा ‘चन्द्र सूर्य एल्बम’ विमोचन
प्रकाशित मिति
२०७९ जेष्ठ २७ गते, शुक्रबार ०३:०८
२७ जेठ २०७९ काठमाडौंः राष्ट्रिय भावनामा आधारित चन्द्र सूर्य गीतको भिडियो तयार भएको छ । ‘चन्द्र सूर्य एल्बम’ को पोष्टर तथा म्यूजिक भिडियोको डिभिडि विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा ८८४८.८६ मिटर माथि बैशाख ३१ (सन् २०२२ मे १४) नेपाली समय अनुसार बिहान ०४:४९ मा पासांग तेन्जिंग शेर्पा १४ पटक सगरमाथा आरोहण गरी सफल भएको र उनी १३ वर्षको उमेर देखि सगरमाथा आरोहणमा लागेका थिए ।
आरोहण गर्दाका साथमा अष्ट्रेलियाका सबैभन्दा कान्छो १९ वर्षकी पर्वतारोही ग्यावी कैनीनीसँगै आरोहण गरेका थिए । पासांग तेन्जिंग शेर्पाले उक्त एल्बम विमोचन गरि हरि गोपाल प्रधानको गीतको विश्व कीर्तिमान राख्नको लागि उक्त गीतको भिडियो संसारको सबैभन्दा अग्लो सरगमाथाको टुप्पामा सार्वजनिक गरेको कुरा वरिष्ठ पत्रकार र फोटोपत्रकार एवं समाजसेवी हरिगोपाल प्रधानले बताएका छन् ।
गीत निकै लोकप्रिय बनेको छ । गीतका रचनाकार हरि गोपाल प्रधान, स्वर, संगीत र गीतको निर्देशन हिपहप किङ निर्णय श्रेष्ठ एनएसके ले गरेका छन् । गायिका र नायिका विष्णु चेम्जोंगले गरेको छ । म्यूजिक बाल कृष्ण थारु, सिनेम्याटोग्राफी सोहन मानन्धर, कोरियो ग्राफर जेनिशा महर्जन, अन्य कलाकारहरुमा आराध्य लक्ष्मी खड्की, सरुना श्रेष्ठ, अनुपा राई, करुणा राई, आमीर तामाङ, सोनु नेपाली रहेका छन् । श्रृगांरमा हेमा पुन मगर, मुना थापा मगर, ड्रेस डिजाइनमा कुसुम श्रेष्ठ, तथा फोटोग्राफीमा स् पद्यसागर कक्षपती, राजेश मानन्धर, राजेन्द्र चित्रकार र साउन्डमा निकेश सुवेदीले गरेका छन ।
प्रतिकृया