सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

प्रकाशित मिति

२०७९ जेष्ठ २७ गते, शुक्रबार ०९:१५

Capture 5 e1654831008526

२७ जेठ २०७९, काठमाडौँ : सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्ए.म्ए.स्द्वा.रा पाएको कोडबाट आफ्नो डेबिटरक्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।


उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नुपर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्न र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा ए.टि.एम् संचालनमा रहेका छन् ।

प्रतिकृया