बुधबारको हरियाली नेप्सेमा टिकेन,सेयर बजार पुनः ओरालो

प्रकाशित मिति

२०७९ जेष्ठ २६ गते, बिहीबार ०३:४०

share market 0 e1654597901607

२६ जेठ २०७९ काठमाडौंः बुधबार सकारात्मक माहोल देखिएको सेयर बजारमा आज (बिहीबार) फेरि गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेको छ । नेप्से ०.८५ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९९ अंकले घटेर ३९६.३९ विन्दुमा झरेको छ ।


कूल २२९ वटा कम्पनीको ४१ लाख ५६ हजार एक सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया