• 5:07 pm

बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै

प्रकाशित मिति

२०७९ जेष्ठ १७ गते, मंगलवार ०७:२९

१७ जेठ २०७९, काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए ।


उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।

प्रतिकृया