• 1:33 am

युवा स्वरोजगार कोषद्धारा एकैदिन करिब ५० करोडको ऋण स्वीकृत

प्रकाशित मिति

२०७९ जेष्ठ १६ गते, सोमबार ०५:३९

१६ जेठ २०७९, काठमाडौंः युवा तथा साना व्यवसायी स्वरोजगार कोषले एकैदिन करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा. देवराज रोका कल्याण ले १२० वटा सहकारी संस्थाका फाईलहरूलाई स्वीकृत गरेसँगै करिब ५० करोड सहकारीसंस्थाका खातामा निकासा हुन लागेको हो ।


कोषले सहकारी संस्थाहरूलाई थोक कर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लो समय ऋण स्वीकृतिमा सुस्तता आएको थियो ।


सोमबार तयारी अवस्थाका १२० वटा सहकारीसंस्थाका फाईललाई अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाईल स्वीकृत भएको हो । सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्यप्राप्त गर्नलाई युद्धस्तरबाट कामअघि बढाईरहेको कोषका उपाध्यक्ष डा. रोकाले दाबी गरे ।


कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोककर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्राकर्जा प्राप्त गर्दछन् ।

प्रतिकृया