• 9:33 pm

बजेटपछि पनि देखिएन शेयर बजारमा उत्साह, ४५.०९ अंकले घट्यो

प्रकाशित मिति

२०७९ जेष्ठ १६ गते, सोमबार ०४:४१

१६ नेठ २०७९, काठमडौंः सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेका उक्त बजेटमा एनआरएनको लगानी भित्र्याउने देखि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओका आरक्षण दिने सम्मको व्यवस्था गरिएको छ ।


तर, शेयर लगानीहरुमा भने यी व्यवस्थाले खासै उत्साह नदेखिएको देखिन्छ । यस साताको पहिलो कारोबार अर्थात सरकारले प्रस्तुत गरेको बजेटको भोलीपल्ट समेत शेयर बजार दोहोरो अंकले घटेको छ ।


सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से ४५.०९ अंकले घटेर दुई हजार एक सय ७८ दशमलव ६९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बलेफी हाइड्रोको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ ।


त्यस्तै, आज नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९. ९९ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कमपनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिकृया