• 1:41 am

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार ०६:३५

१५ जेठ २०७९, काठमाडौँ : सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

प्रतिकृया