• 11:04 pm

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन साथै रासायनिक मल खरिदका लागि १५ अर्व रुपैयाँ

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार ०४:४३

१५ जेठ २०७९, काठमाडौंः सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ भने रासायनिक मल खरिदका लागि १५ अर्व रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै किसानलाई मलको अभाव हुन नदिन उक्त रकम छुट्याइएको बताए। साथै रासायनिक मल कारखाना खोल्ने पनि अर्थमन्त्री शर्माले बताए।


संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

प्रतिकृया