• 2:51 pm

राष्ट्रियसभामा‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार ०४:००

१५ जेठ २०७९, काठमाडौंः सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८र०७९’ पेश गरेको छ। आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन्।


यसअघि बैठकले सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, मदनकुमारी साह गरिमा, प्रमिला कुमारी र शेखरकुमार सिंह रहेका राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गरेका सांसदहरुको नामावलीमा बैठकले सहमति जनाएको हो।


राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साढे ६ बजेका लागि बोलाइएको छ।

प्रतिकृया