नेप्सेमा सामान्य सुधार
प्रकाशित मिति
२०७९ जेष्ठ १२ गते, बिहीबार ०४:२४

१२ जेठ २०७९, काठमाडौं : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि अन्तिम समयसम्ममा सुधार आउँदै ८.०३ अंकले बढ्दै परिसूचक २२ सय ३९ अंकमा पुगेर रोकिएको हो । यसक्रममा आज नेप्सेमा एक अर्ब रुपैयाँको पनि कारोबार भएन ।
आज ८ करोड ९ लाख रुपैयाँ बराबरको २३ लाख २४ हजार कित्ता सेयर किनबेच भएको छ । यसैगरी, आज कारोबारमा आएका १३ मध्ये ५ समूह घटेका छन् ।
होटल एण्ड टुरिजम, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहमा गिरावट आएको छ । यसबाहेक बैंक, व्यापार, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहमा सुधार आएको छ ।
जीवन बीमा समूह सबैभन्दा धेरै ८९ अंकले बढ्दो उत्पादनमूलक समूहमा २७ अंकको वृद्धि देखिएको छ । यसैगरी, बैंक समूहमा १५ अंकको सुधार आएको नेप्सेले जानकारी दिएको छ ।
प्रतिकृया