र्मिमिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाइने
प्रकाशित मिति
२०७९ जेष्ठ ११ गते, बुधबार १२:५२

११ जेठ २०७९, काठमाण्डौं : र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको ६५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालय, बनेपा ८, काभ्रेपलान्चोकमा आइपुग्ने गरी निवेदन दिन सक्ने जनाएको छ ।
हेर्नुहाेस् संस्थाले प्रकाशन गरेको सूचना:

प्रतिकृया