• १५:४९ २०८० चैत्र १६ गते
  • 3:49 pm

आजबाट निर्वाचन आचारसंहिता हट्यो

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०५:०३

Nirbachan Aayog 1 1 e1648365478833

१० जेठ २०७९, काठमाण्डौं : निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।


‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने ब्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो ।

प्रतिकृया