• १८:२१ २०८० चैत्र १६ गते
  • 6:21 pm

बालेनको मत २८ हजार नाघ्यो, काठमाडौं-३२ को वडाध्यक्षमा एमालेका पराजुली निर्वाचित

प्रकाशित मिति

२०७९ जेष्ठ ६ गते, शुक्रबार १२:०८

Balen shah 1 e1653024668882

६ जेठ २०७९, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत २८ हजार नाघेको छ । ७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको छ ।नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ ।


यसैगरी, काठमाडौं महानगरपालिका(३२ को वडाध्यक्षमा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । पराजुलीले ५ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरिन् । उक्त वडामा १२ हजार १५ मत खसेको थियो ।

प्रतिकृया