आजको सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७९ जेष्ठ ६ गते, शुक्रबार ११:५७

gold50 1 e1614924132630

६ जेठ २०७९, काठमाडौं : सुनको मूल्य तोलामा एक हजार रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढ्दै छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै ७६ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार २७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया