• १४:४७ २०८१ बैशाख ७ गते
  • 2:47 pm

स्थानीय तह निर्वाचनबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

प्रकाशित मिति

२०७९ जेष्ठ ५ गते, बिहीबार ०५:०५

Nirbachan Aayog 1 1 e1648365478833

५ जेठ २०७९, काठमाण्डौं : शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनकाअनुसार हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ ।


जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।


स्थानीय तह निर्वाचनबाट ३५२२१ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। उनका अनुसार करिब ८० प्रतिशतको हाराहारीमा नतिजा आइसकेको छ ।

प्रतिकृया