सेयर बजारमा २३ अंकको गिरावट

प्रकाशित मिति

२०७९ जेष्ठ ५ गते, बिहीबार ०४:५९

Nepal Stock Exchange Limited NEPSE e1648116471109

५ जेठ २०७९, काठमाण्डौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ । आज कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २३.५१ अंकले घटेर बन्द भएको हो ।


आज १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३७ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, आज म्यूचुअल फण्ड समूह ०.११ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आउन सकेको छैन ।


घटेकामध्ये जीवन बीमा कम्पनी समूहमा १७२ अंकले र निर्जीवन बीमा समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूह ८३ अंक लघुवित्त समूह ५१ अंक, उत्पादनमूलक समूहमा ४४ अंक र व्यापार समूह २४ अंकले घटेका छन् ।

प्रतिकृया