• 1:34 am

थप २ कम्पनीले आईपीओ निष्कासन गर्न, बोर्डमा दिए निवेदन

प्रकाशित मिति

२०७९ जेष्ठ ५ गते, बिहीबार ०२:४६

५ जेठ २०७९, काठमाण्डौं : थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेका हुन् ।


मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ८० लाख रूपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख ८ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


त्यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड​​ले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ करोड ३२ लाख १६ हजार रूपैयाँ बराबरको १६ लाख ३२ हजार एक सय ६० कित्ता आईपीओ निष्कासन गर्न चैत्र २ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया