• 6:55 pm

अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

प्रकाशित मिति

२०७९ जेष्ठ ५ गते, बिहीबार १२:३१

५ जेठ २०७९, काठमाण्डौं : अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गा.वि.सका स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ ।


प्रतिकित्ता १०० रुपैयाँदरका कुल आईपीओका लागि स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।


आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जजनाएको छ ।


कम्पनीले रेटिङ एजेन्सी इक्र नेपालबाट डबल बी प्लस रेटिङ पाएको छ । यसको मतलब कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।


कम्पनीको आईपीओ बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रतिकृया