• ०९:१५ २०८१ बैशाख ७ गते
  • 9:15 am

सूर्यविनायक नगरपालिकाको मेयरमा बासुदेव थापा र उपमेयरमा सरिता भट्टराई विजयी

प्रकाशित मिति

२०७९ जेष्ठ ५ गते, बिहीबार ०६:२७

Capture 16

५ जेठ २०७९, भक्तपुर : सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमाले उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए ।


निर्वाचित मेयर थापा सो नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । भक्तपुरका ४ नगरपालिकामध्ये मेयर दोहोरिएर निर्वाचित हुन सफल भएका २ मेयरमध्ये थापा समेत एक बनेका छन् । भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टीका सुनिल प्रजापति समेत मेयरमा दोहारिइसकेका छन् ।


बाँकी रहेका नगरपालिकामध्ये चाँगुनारायणमा निवर्तमान मेयरले उम्मेदवारी नै दिएनन् भने मध्यपुर थिमिमा टिक६ पाएर पनि पराजीत भए । त्यसैगरी उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले भट्टराई १३ हजार ४ सय ९० मत पाएर विजयी भएकी हुन् । उनले गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा एसका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित गरेकी हुन । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् ।


सूर्यविनायक नगरका १० मध्ये पाँच वडामा एमाले र पाँच वडा अध्यक्ष नेपाली काँग्रेसले जितेको छ। काँग्रेसले २, ३, ४, ६ र ९ नं मा जित हात पार्न सफल हुँदा एमालेले वडा नम्बर १, ५, ७, ८ र १० मा जित निकालेको छ । पछिल्लो पटक आज बिहान मतगणना सम्पन्न भएको १० नं वडामा एमालेको प्यानललै विजयी भएको छ । सो वडामा वडाध्यक्षमा शिवराम राउत १ हजार ७ सय ६८ मत मत ल्याएर विजयी भएका हुन् । राउत यसअघिका पनि वडाअध्यक्ष हुन । काँग्रेस उमेदवारले १ सय ४८ मतमात्र पाए । यो नगरपालिकामा एमालेका ३३ जना र काँग्रेसका १९ जना प्रतिनिधि विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिकृया