• 2:06 pm

रिभर फल्सको आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०७९ जेष्ठ ४ गते, बुधबार १२:३८

४ जेठ २०७९, काठमाण्डौं : रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले वैशाख २८ गतेदेखि २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) आज बन्द हुँदैछ । मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।


यद्यपि, इच्छुक लगानीकर्ताले आज बेलुका ४ः३० बजेसम्म न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्मका लागि जारी गरेको कुल २७ लाख ३० हजार कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।

प्रतिकृया