आगामी वर्षको बजेटमा यस्ता छन् पूर्वाधार विकासका योजना
प्रकाशित मिति
२०७९ जेष्ठ ३ गते, मंगलवार ०६:४०

३ जेठ २०७९, काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ प्रविधिमा आधारित सुरुङमार्ग निर्माणलाई तिव्रता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्दै देशभर सुरूङ मार्ग निर्माणलाई जोड दिने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नेक्रममा सुरुङमार्ग निर्माणको क्रमलाई तिव्रता दिइने जानकारी दिए । यस्तै उनले राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजनाको निर्माण तोकिएको समयभित्रै गर्ने योजना बजेटले लिने समेत जानकारी दिए ।
यसैगरी, आगामी आर्थिक वर्षमा प्रमुख राजमार्गको विस्तार र स्तरोन्नती गर्ने र सडक पूर्वाधारको सुधार गरेर यात्रा अवधि घटाउने योजना समेत समेटिने छन् । यसका साथै, स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्ने तथा हालका सडक मागहरूको स्तरोन्नती गर्दै वर्षैभरी यातायात चल्ने गरी स्तरोन्नती गर्ने बताए ।
प्रतिकृया