बागफाटा र महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम
प्रकाशित मिति
२०७९ बैशाख २७ गते, मंगलवार ०३:५२

२७ बैशाख २०७९, काठमाण्डौं : डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरेको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गरेको हो ।
सोरुम उद्घाटन डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्ट को उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिने भएको छ ।
४०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले बताए ।
प्रतिकृया