• १५:१५ २०८० चैत्र १५ गते
  • 3:15 pm

टोखा मेयरको उम्मेदवार रजनीसँग प्रतिस्पर्धा गर्ने अधिकारीमाथि सहकारीबाट ठगी गरेको अदालतको ठहर, सजाय भुक्तानी नगरी मेयरमा उम्मेदवारी

प्रकाशित मिति

२०७९ बैशाख २७ गते, मंगलवार ०४:१०

Rajani thapa Prakash Copy e1652178332882

२७ बैशाख २०७८, काठमाडाैं : शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट टिकट पाएकी नर्स रजनी थापाको प्रतिस्पर्धी प्रकाश अधिकारीलाई ठगिको आरोप लागेको छ । उनी ठगीमा एक महिना कैद सजाय पाएका व्यक्ति बीच प्रतिस्पर्धामा रहेका छन् । ठगीको आरोपमा अधिकारीलाई एक महिना जेल सजाय समेत तोकिएको छ ।


टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नर्स थापा र नेकपा एमालेले सहकारी ठगको आरोप लागेका अधिकारीलाई अगाडि सारेको छ । नेपाली कांग्रेसबाट मेयरमा उठेकी रजनी थापा नर्सिङ पढेकी व्यक्ति हुन् । उनी सञ्चारकर्मी र रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत समाजसेवामा सक्रिय छिन् । रजनीले आँखाको स्वास्थ्य शिविर राखेर वर्षेनी सयौंको संख्यामा आँखा रोगीको उपचार गर्दै आएकी छिन् ।


यता नेकपा एमालेबाट टोखा नगरपालिकाको मेयरमा उठेका प्रकाश अधिकारीले सहकारीमार्फत २ सय २ जनालाई ठगेको फेला परेको छ । नाङ्गलोदीप बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षको हैसियतमा मेयर पदमा उम्मेदवार अधिकारीले २ सय २ जना व्यक्तिलाई ठगी गरेको उच्च अदालत पाटनको ठहर छ । अधिकारीसहितका व्यक्तिहरुले ती व्यक्तिहरुबाट १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरेको अदालतले ठहर गरेको हो ।


एमालेले सहकारी ठग अधिकारीलाई टोखा नगरपालिकाको मेयरमा उठाएको भन्दै पीडितहरुले असन्तुष्टि व्यक्त गरेका छन् । ठगी गरेको ठहर भएका फरार अपराधी अधिकारीलाई प्रहरीले समेत बेवास्ता गरेर खुलेआम हिँड्न दिएको पीडितहरुको गुनासो छ । सहकारी ठगीमा जेल जानु पर्ने मान्छे टोखाको मेयर बन्न खोजेको भन्दै पीडितहरु आक्रोशित बनेका छन् ।


२०७५ फागुन १९ गते उच्च अदालतले एक महिना कैद सजाय तोकेका अधिकारी कैद सजाय भुक्तान नगरी मेयरमा लडेका छन् । अदालतले गठी गरेको फैसाला गर्दा अधिकारी टोखा नगरपालिकाको मेयरको हैसियतमा कार्यरत थिए । अदालतको फैसला अनुसार एक महिना जेल र ठगेको पैसा फिर्ता गर्नुपर्नेमा उनी फरार रहेर मेयरमा उम्मेदवारी दिएका हुन् ।

(रिपाेटर्स क्लबबाट)

प्रतिकृया