• 5:33 pm

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०७९ बैशाख २७ गते, मंगलवार १२:१२

२७ बैशाख २०७९, काठमाण्डौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९८ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ७०० रुपैयाँले नै घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।


यता, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया