सेयर बजारमा १२ अंकको सुधार

प्रकाशित मिति

२०७९ बैशाख २६ गते, सोमबार ०३:५५

Nepal Stock Exchange Limited NEPSE e1648116471109

२६ बैशाख २०७९, काठमाण्डौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ ।


हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।


बजार १२ अंकले बढेको दिन ४ समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ८२ अंकको गिरावट आउँदा होटेल/टुरिजममा २५ अंकको तथा विकास बैंक समूहमा २० अंकको गिरावट आएको छ । यस्तै, लगानी समूहमा ०.०७ अंकको गिरावट आएको छ ।


यसबाहेक लघुवित्त समूह ६० अंकले बढ्दा निर्जीवन बीमा समूह ५७ अंक र व्यापार समूह ३५ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहमा २७ अंकको सुधार आउँदा बैंक समूह १४ अंकले बढेको छ । यस्तै, जलविद्युत, अन्य, वित्त र म्यूचुअल फण्ड समूहमा समेत वृद्धि आएको छ ।

प्रतिकृया