• 5:25 pm

साना किसान लघुवित्तको नाफा ८.९० प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०७९ बैशाख २६ गते, सोमबार ०१:०१

२६ बैशाख २०७९, काठमाण्डौं : साना किसान लघुवित्तको नाफामा ८.९० प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८.९० प्रतिशतले नाफा वृद्धि गर्दै खुद नाफा ५० करोड २५ लाख १७ हजार पु¥याएको हो ।


वित्तीय रिपोर्ट अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा भने केही संकुचन आएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ४२ रुपैयाँ ८१ पैसामा सीमित भएको छ ।


यस्तै, सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.४८ प्रतिशतले बढेर ९६ करोड २८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ८.५८ प्रतिशतले बढेर ७१ करोड ६९ लाख २० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिकृया